पोखरेलि ट्याक्सी सेवा प्रा.लि.को पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा पोखराको सान्तिनगर चोक–लेकसाइड क्षेत्रभित्र सञ्चालन भइरहेका सवारी साधनहरूको संयुक्त अनुगमन गरिएको छ।
अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारी साधनहरूले सार्वजनिक सवारी सरह अवैध रूपमा यात्रु बोक्दै भाडा लिइरहेको पाइएको छ भने भारतीय नम्बर प्लेटका सवारी साधनहरू पनि बिना रोकतोक बजार क्षेत्रमा सञ्चालन भइरहेको अवस्था भेटिएको जनाइएको छ।
यस क्रममा इजाजतपत्र बिना सडकमा सञ्चालन भइरहेका सवारी साधनहरूलाई ट्राफिक प्रहरीको समन्वयमा सम्झाइ–बुझाइ गरिएको छ। साथै प्रयोजन विपरीत सञ्चालन भएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयसमक्ष बुझाइएको पोखरेलि ट्याक्सी सेवा प्रा.लि.ले जनाएको छ।
व्यवसायीहरूले यस्ता अनुगमनलाई निरन्तरता दिँदै सवारी व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र कानुनी दायराभित्र ल्याउन सम्बन्धित निकायहरूसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित २०८२/१०/१३ १:३६


