नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको आजको दर अनुसार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ५ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा आन्तरिक माग बढ्नुका कारण सुनको मूल्यमा वृद्धि भएको हो। पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहँदा उपभोक्ता तथा व्यवसायीहरू थप सतर्क बनेका छन्।

प्रकाशित २०८२/१०/१३ १:४६


