निर्वाचन आयोगले चार जना चर्चित उम्मेदवारलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह (झापा–५), नेकपा एमालेका सचिव महेश बस्नेत (भक्तपुर–२), श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ्ग (सुनसरी–१), र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल (रुपन्देही–२) लाई निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोपमा स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो।
निर्वाचन आयोगका अनुसार, उम्मेदवारहरूले सार्वजनिक रूपमा गरेका केही अभिव्यक्तिहरूबारे उजुरी परेको थियो। उजुरीको आधारमा आयोगले चारै जना उम्मेदवारलाई आफ्नो अभिव्यक्तिबारे स्पष्ट र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। आयोगले भनेको छ कि स्पष्टीकरण पेश नगरे कानुनी व्यवस्था अनुसार कारबाही गर्न सकिनेछ।
यसअघि पनि निर्वाचन आयोगले उम्मेदवारहरूका अभिव्यक्तिहरूमा सतर्कता अपनाउन र आचारसंहिताको पालना गर्न बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ। यस पटकको निर्देशनले निर्वाचन प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

प्रकाशित २०८२/१०/१३ १:१५


