काठमाडौँ ,१६ माघ २०८२
प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति विशेष सम्मान प्रकट गर्नुभएको हो।
उहाँले सहिदहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको स्मरण गराउँदै लोकतन्त्रलाई व्यवहारमै स्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
प्रकाशित २०८२/१०/१६ ५:०२


