नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी देशकै नम्बर एक पार्टी बन्न सक्ने दाबी गरेका छन्।
आज आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीको विषयमा आफू धेरै टिप्पणी नगर्ने स्पष्ट पारे। उनले समानुपातिक प्रणालीबाट नयाँ भनिएका पार्टीहरूलाई स्वाभाविक रूपमा बढी फाइदा पुग्ने भएकाले त्यस विषयमा खासै कुरा नगर्ने बताए।
तर प्रत्यक्ष निर्वाचनतर्फ पार्टीका सबै नेता–कार्यकर्ताले इमान्दार रूपमा मेहनत गरेमा नेपाली कम्युनिष्ट पार्टी देशकै अग्रणी शक्ति बन्न सक्ने उनको भनाइ थियो। “प्रत्यक्षतर्फ गम्भीरता पूर्वक लाग्यौँ भने समानुपातिकसँग जोडेर हाम्रो पार्टी देशकै नम्बर एक पार्टी बन्न सक्छ,” प्रचण्डले भने।
प्रकाशित २०८२/१०/१६ ५:५८


