काठमाडौं,२१ माघ २०८२ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। हिजो प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको हो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि हिजो २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा आज बढेर २ लाख ६३ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय ७४ रुपैयाँ कायम छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा यस्तो परिवर्तन देखिएको महासंघले जनाएको छ।

प्रकाशित २०८२/१०/२१ १२:२३


