फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको क्रममा स्वच्छता प्रवर्द्धन गर्न निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। निर्वाचन आयोगमा सम्पन्न कार्यक्रममा आयोगतर्फ सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकतर्फ फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षर गरे।
सम्झौता कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउतसहित अन्य विभिन्न उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित २०८२/१०/२१ ५:०५


