काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापाले फेसबुकमा भिडियो मार्फत पार्टीभित्रको परिवर्तन र अनुशासन प्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।
उहाँले भन्नुभयो, “अब कांग्रेस भित्र नाताबाद, क्रिपाबाद छैन। आफ्नो अथवा अरु जोसुकै भए पनि नेता होस् वा नहोस्, जसले गति गर्छ र विधिको शासनको पालना गर्दैन, त्यसलाई सजाय पाउनु पर्छ। आफ्नो मान्छे होस वा नहोस, सबैलाई समान सजाय हुनुपर्छ।”
गगन थापाले यसलाई ‘बदलिएको कांग्रेस’ को पहिचान सहित प्रस्तुत गर्दै भन्नुभयो कि पुरानो कांग्रेस अब होइन, सोच र दृष्टिकोण परिवर्तन भएको नयाँ कांग्रेस हो।
उहाँले थपे, “बदलिएको कांग्रेस भनेको सोच बदलिएको कांग्रेस हो। अब पार्टीभित्र सबैका लागि समान अवसर र नियमको पालना अनिवार्य हुनेछ।”
यसरी, सभापति गगन थापाले पार्टीमा पारदर्शिता, अनुशासन र समानताको पक्षमा बल दिएर कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित २०८२/१०/२३ ८:४९


