काठमाडौँ ।
वरिष्ठ कलाकार सुनिल थापाको आकस्मिक निधन भएको छ।
शनिबार बिहान उपचारका क्रममा थापाको निधन भएको हो। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार शनिबार बिहान ७ः४४ बजे उनको निधन भएको हो।
नेपाली चलचित्र जगतमा सुनिल थापाले पुर्याएको योगदान अतुलनीय रहेको छ। प्रायः चलचित्रहरूमा खलनायकको भूमिकामा देखिए पनि उनी आम नेपाली दर्शकमाझ अत्यन्तै लोकप्रिय र प्रिय कलाकारका रूपमा परिचित थिए। सशक्त अभिनय, प्रभावशाली संवाद र फरक शैलीका कारण उनले नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका थिए।
उनको निधनले नेपाली कला क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको छ।
प्रकाशित २०८२/१०/२४ ११:०५


