नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजको सुन तथा चाँदीको मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा केहि वृद्धि देखिएको छ शुक्रबार ३ लाख तल कारोबार भैरहेको सुन आज सनिबार फेरी ३ लाख माथि पुगेको छ ।
आज छापावाल सुन प्रतितोला रु. ३ लाख ५०० मा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य रु. २ लाख ५७ हजार ६३० तोकिएको छ।
उता, चाँदी प्रतितोला रु. ५ हजार १० मा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य रु. ४ हजार २९५ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको मूल्य तथा विश्व आर्थिक अवस्थाको प्रभावले सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको महासंघले जनाएको छ।

प्रकाशित २०८२/१०/२५ १२:०६


