उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले राजधानीमा आयोजित विशेष कार्यक्रम मार्फत घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा वैदेशिक रोजगारीलाई प्राथमिकताका साथ समेटिएको छ। वैदेशिक रोजगारी नेपाली युवाको रहर नभई बाध्यता भएको उल्लेख गर्दै, रोजगारीका लागि विदेश जान चाहने नागरिकलाई आवश्यक पर्ने खर्च राज्यले नै व्यवस्थापन गर्ने नीति समावेश गरिएको छ। घोषणापत्रमा ‘फ्री भिसा, फ्री टिकट’को व्यवस्था सुनिश्चित गर्ने स्पष्ट उल्लेख गरिएको छ।
यसैगरी घोषणापत्रमा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने विषय, संविधान संशोधन, युवा पुस्ताको चेतना अभिवृद्धि, नागरिक स्वास्थ्य सेवाको विस्तार, नगद रहित कारोबारको प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका विषयहरू पनि समेटिएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रले समावेशी विकास र सुशासनलाई केन्द्रमा राख्दै नीतिगत प्रतिवद्धता अघि सारेको जनाइएको छ।
पुरा घोषणपत्र तल हेर्नु होला
प्रकाशित २०८२/११/०१ ८:३७ बेलुका


