धादिङ,०४ फागुन
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कम्यूनिट पार्टी का उमेद्वार राम बहादुर भण्डारी ले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा विभिन्न विकास योजनाहरू समेटिए पनि केही महत्वपूर्ण विषय छुटेका छन्।
प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार क्षेत्रअन्तर्गत बुढीगण्डकी आयोजना को कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। साथै धादिङबेसी–सान्कोष–तिप्लिङ सडक कालोपत्रे, सबै वडा तथा अन्तरजिल्ला जोड्ने सडक स्तरोन्नति, सदरमुकाम क्षेत्रमा तार भूमिगत गर्ने, धादिङबेसी र सल्यानटारलाई स्मार्ट सहरका रूपमा विकास गर्ने, विभिन्न ग्रामीण सडक कालोपत्रे गर्ने तथा नदी तटबन्धन लगायतका योजना उल्लेख छन्।
त्यस्तै सेमजोङ–गैरा र ज्वालामुखी क्षेत्रका ग्रामीण बस्तीलाई स्मार्ट गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ। पालिकाभित्रका सडक स्तरोन्नति गरिने सामान्य उल्लेख भए पनि अन्य स्थानमा जस्तै स्पष्ट योजना सहित उल्लेख गरिएको छैन।
विशेषगरी नेत्रावती डब्जोङ गाउँपालिकाको जिरो किलोदेखि वडा नम्बर १ सम्म जाने सडकको मर्मत, स्तरोन्नति तथा पहिरो रोकथामका लागि पहल गरिने विषय प्रतिबद्धता पत्रमा नसमेटिएको देखिएको छ। सो सडक वर्षायाममा अत्यन्त जोखिमपूर्ण बन्ने गरेको भन्दै स्थानीयवासीले यस विषयमा स्पष्ट प्रतिबद्धता नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयका अनुसार, उक्त सडक नेत्रावती डब्जोङ क्षेत्रको मुख्य आवागमन मार्ग भएकाले यसको दीर्घकालीन समाधानका लागि संघीय स्तरबाट विशेष पहल आवश्यक छ। प्रतिबद्धता पत्रमा अन्य क्षेत्रका योजना स्पष्ट रूपमा समेटिए पनि नेत्रावती डब्जोङ सम्बन्धी यो महत्वपूर्ण विषय छुट्नुले उम्मेदवारको ध्यान यसतर्फ नपुगेको संकेत गरेको उनीहरूको भनाइ छ।








प्रकाशित २०८२/११/०४ ८:१२ बिहान


