धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा बाट विजयी बनेका बोध नारायण श्रेष्ठले धादिङ बेसीमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त सभामा बोल्दै उनले भने,
“हिजो सम्म म रास्वपा को उमेद्वार थिए र त्यस अनुसार काम गरेँ। आजबाट म सांसद भएको छु। यस क्षेत्र बाट मलाई भोट दिने वा नदिने सम्पूर्ण जनता सबै मेरालागि समान छन् र म सबैको अभिभावक हुनेछु। त्यसैले म कसैप्रति पक्षपात नगरी यो क्षेत्रको सबै विकास र काममा लाग्नेछु।”
बिजेता श्रेष्ठले आफूसँग प्रतिस्पर्धामा रहेका अन्य पार्टीका उम्मेदवार—नेपालि कांग्रेसका रमेश धमला, नेपाली कम्यूनिस्ट पार्टीका राम बहादुर भण्डारी, र एमालेका धन बहादुर घले—प्रति समेत धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित २०८२/११/२४ आईतबार १०:२२ बिहान


