१० जेठ २०५७ सालमा मकवानपुरमा जन्मिएका प्रशान्त उप्रेती पेसाले पर्यटन उद्यमी हुन्। युवा उमेरमै होटल तथा पर्यटन क्षेत्रमा सक्रिय भएर उनले स्थानीय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।
पर्यटन व्यवस्थापन विषयमा स्नातक गरेका उप्रेतीले अध्ययनसँगै व्यवसायलाई पनि अगाडि बढाएका छन्। हाल उनी स्नातकोत्तर अध्ययनरत छन्। पढाइ र व्यवसाय सँगसँगै गर्दै आएका उनले राज्यको नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिमा प्रवेश गरेका हुन्।
देशको नीति सही र जनमुखी भए आम नागरिकको जीवन सहज र समृद्ध हुने उनको विश्वास छ। यही विश्वास र सोचका साथ प्रशान्त उप्रेतीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा प्रतिनिधित्व गर्दै संसदीय चुनावमा विजयी भएका छन्। उनी हालसम्मकै कान्छा सांसद पनि हुन्।

प्रकाशित २०८२/११/२४ आइतबार ८:२७ बिहान


