प्रतिनिधिसभा निर्वाचनको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलको रूपमा अघि देखिएको छ। हालसम्म प्राप्त विवरण अनुसार रास्वपाले ११६ सिटमा विजय हासिल गरेको छ भने ९ सिटमा अग्रता कायम राखेको छ। समानुपातिक तर्फ पनि रास्वपाले १७,१६,७९९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
नेपाली कांग्रेस ले १६ सिट जितेको छ भने १ सिटमा अग्रता कायम गरेको छ। समानुपातिक तर्फ कांग्रेसले ५,८२,३८७ मत प्राप्त गरेको छ।
त्यस्तै नेकपा (एमाले) ले हालसम्म ७ सिट जितेको छ र ३ सिटमा अग्रता कायम गरेको छ। समानुपातिक मतमा एमालेले ४,८८,१०४ मत प्राप्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ६ सिट जितेको छ भने २ सिटमा अग्रता कायम गरेको छ। समानुपातिक मत २,३३,५८२ पुगेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ र समानुपातिकमा १,२६,०८० मत प्राप्त गरेको छ।
त्यसैगरी श्रम संस्कृति पार्टी ले २ सिट जितेको छ भने १ सिटमा अग्रता कायम गरेको छ। समानुपातिक मत ७१,५७१ पुगेको छ।
हाल मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित २०८२/११/२४ आईतबार २:०४ दिउँसो


