काठमाडौं ,फागुन २५
पछिल्लो निर्वाचन परिणामसँगै नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेखनीय प्रवेश भएको छ। यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २९ वर्षमुनिका ८ जना ‘जेन्जी’ (Gen Z) उम्मेदवारहरू निर्वाचित हुँदै संघीय संसदमा पुगेका छन्।
युवा उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस,नेपाली कम्युनिस्ट पार्टी लगायतका दलका उम्मेदवारहरूलाई अत्यधिक मत सहित हराउँदै उनीहरू प्रतिनिधिसभामा प्रवेश गरेका छन्।
राजनीतिमा नयाँ सोच, ऊर्जा र परिवर्तनको अपेक्षा बोकेको युवा पुस्ताको यो उपस्थितिलाई धेरैले नेपाली राजनीतिमा पुस्तान्तरणको संकेतका रूपमा हेरेका छन्। जनतामाझ लोकप्रिय बन्दै आएका यी युवा सांसदहरूले अब संसदमा पुगेर जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित २०८२/११/२५ सोमबार ९:११ बिहान


