काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम राखेको छ। हालसम्म प्राप्त विवरण अनुसार रास्वपाले १२४ सिट जितिसकेको छ भने १ सिटमा अग्रता कायम राखेको छ।
नेपाली कांग्रेसले १७ सिट जितेको छ र १ स्थानमा अग्रता लिएको छ। नेकपा (एमाले) ले ८ सिट जितेको छ भने १ सिटमा अग्रता बनाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ सिट हात पारेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले १–१ सिट जितेका छन्।
यसैबीच समानुपातिकतर्फको मतगणनामा पनि रास्वपा नै सबैभन्दा अगाडि देखिएको छ। प्राप्त मत अनुसार रास्वपाले ३९ लाख १६ हजार ५०२ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १३ लाख १९ हजार ८७९ मत पाएको छ भने नेकपा (एमाले) ले ११ लाख १९ हजार ८४१ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ५ लाख ७६ हजार १०६ मत पाएको छ। श्रम संस्कृति पार्टीले २ लाख ८४ हजार ५८३ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ७१ हजार ९३७ मत पाएको छ।
त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख २१ हजार ५९२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) ले १ लाख १३ हजार ६५१ मत पाएको छ। जनमत पार्टीले ५१ हजार ७८८ मत प्राप्त गरेको छ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित २०८२/११/२५ सोमबार ९:५३ बिहान


