नेपालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनताको साथ र समर्थन अत्यधिक प्राप्त गरेकोमा रास्वपा का सभापति रवी लामिछाने र वरिष्ट नेता बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले बधाई तथा शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल X मा सन्देश लेख्दै प्रधानमन्त्री शरिफले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेकोमा रास्वपाका नेताद्वयलाई हार्दिक बधाई दिएका हुन्।
उनले आफ्नो सन्देशमा नेपालका मतदाताले नयाँ र गतिशील नेतृत्वप्रति विश्वास देखाएको उल्लेख गर्दै यो जनमतले नेपालको लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
साथै उनले नेपालसँगको मित्रता र सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षा पनि व्यक्त गरेका छन्।
My heartiest congratulations to Rabi Lamichhane and Balendra Shah of the Rastriya Swatantra Party on their remarkable victory in the 2026 elections in Nepal.
— Shehbaz Sharif (@CMShehbaz) March 11, 2026
This strong mandate reflects the trust of the Nepali people in the new and dynamic leadership. Pakistan looks forward to…
प्रकाशित २०८२/११/२८ बिहिबार ९:१९ बिहान


