चितवन —
चितवन निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोबिता गौतमले आफ्नो चुनावी अभियानमा भएको खर्च सार्वजनिक गरेकी छिन्। निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार उनले कुल ९ लाख ९३ हजार ४५ रुपैयाँ मात्रै खर्च गरेको उल्लेख छ।
विवरण अनुसार, मनोनयन दर्ता गर्दा ५ हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा ३ लाख १७ हजार ४ सय रुपैयाँ, मतदाता प्रशिक्षणमा ३१ हजार रुपैयाँ, नमुना मतपत्र तथा घोषणापत्र छपाइमा ७४ हजार २ सय रुपैयाँ, वडा स्तरीय प्रचारमा १ लाख रुपैयाँ, सवारी साधनमा ३ लाख २५ हजार रुपैयाँ, स्टेशनरीमा २३ हजार ४ सय ४५ रुपैयाँ, र रासन–पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको देखिन्छ।
सोबिता गौतमले चितवन–३ बाट उच्च मतसहित प्रतिनिधि सभा सदस्यमा विजय हासिल गर्नु भएको थियो ।

प्रकाशित २०८२/११/२८ बिहिबार १०:५१ बिहान


