जुम्ला निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार बिनिता कठायत ले आफ्नो चुनावी अभियानमा लागेको खर्च विवरण निर्वाचन आयोगमा पेश गरेकी छिन्। आयोगमा बुझाइएको विवरण अनुसार उनको कुल खर्च रु ९६७,४२० रहेको छ।
उक्त खर्चमा मतदाता नामावलीको लागि रु ३,५००, मनोनयन दर्ता शुल्क रु ५,०००, गाडीमा रु २,३०,०००, झण्डा र ब्यानरमा रु २,००,०००, छपाईमा रु ३०,००० र पेट्रोल–डिजेलमा रु २,५०,००० खर्च भएको उल्लेख छ। बाँकी रकम रु ४२,४२० जिल्ला पार्टी कार्यालयमा बुझाईएको उक्त बिलमा उल्लेख छ।
निर्वाचन नतिजा अनुसार बिनिता कठायत उक्त क्षेत्रबाट राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहि सँग पराजित भएकी हुन्। उनले जम्मा ४२१ मत मात्र प्राप्त गरेकी थिईन ।

प्रकाशित २०८२/११/२८ बिहिबार ११:५२ बिहान


