भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवार राजिब खत्री ले आफ्नो चुनावी अभियानमा भएको खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावी अभियानका क्रममा कुल रु १३,१५,२०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
पेश गरिएको विवरण अनुसार उनको खर्चमा प्रिन्ट र फोटो कपीमा रु १,२५,१००, गाडी भाडामा रु १,५४,०००, स्पिकरमा रु १,०६,०००, खाना खाजा खपतमा रु २,९०,०००, मल्टिमिडियामा रु २,००,०००, टेलिफोन र डाटामा रु २०,०००, प्रशिक्षणमा रु २,७५,०००, र सम्पर्क कार्यालय भाडामा रु १,४५,००० रहेको छ।
।
निर्वाचन आयोगमा उम्मेदवारहरूले चुनावपछि आफ्नो खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित २०८२/११/२९ शुक्रबार ९:४३ बिहान


