काठमाडौँ
दैनिक भाडा बुझाउने सर्त मा ट्याक्सी चलाउदै आएका एक ट्याक्सी चालक ,ट्याक्सी सहित बिगत केहि दिन देखि सम्पर्कबिहिन भएका छन् ।
गत फागुन १६ गतेदेखि बा १ ज ५४७१ नम्बरको मारुती ट्याक्सी चालक सम्पर्क बिहिन भएका हुन्। ईभा मिडियासँग कुरा गर्दै अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिका उपाध्यक्ष राम खतिवडाले जानकारी दिए अनुसार, सुर्खेत बिरेन्द्र नगर-१२ निवासी सुर्य प्रसाद आचार्यले दैनिक भाडा बुझाउने सर्तमा चलाउँदै आएको उक्त ट्याक्सी अहिले सम्पर्कविहीन भएको हो ।

खतिवडाका अनुसार, चालकलाई खोज्दा कहिँ कतै भेटिएको छैन र ट्याक्सी कहाँ गएको हुन सक्छ भन्ने अनुमान पनि गर्न सकिएको छैन । “यदि कसैले उक्त ट्याक्सी देख्नुभयो भने रु. ५००० पुरस्कारको व्यवस्था गरिएको छ,” उनले बताए।
साथै, ट्याक्सी भेटिएको वा चालकको कुनै सूचना भएमा ९८६४४८२४६० वा ९८५११२६८१० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। खतिवडाले सुर्य प्रसाद आचार्यले शुरुमा खाना गाह्रो भएको भन्दै धेरै सवारीधनीलाई असुविधा पुर्याउने गरेको समेत जानकारी दिएका छन्।

प्रकाशित २०८२/११/२९ शुक्रबार ११:२६ बिहान


