अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भूप देव शाहले आफ्नो चुनावी अभियानमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
शाहले बुझाएको विवरण अनुसार उनले चुनावी अभियानका क्रममा कुल २० लाख ४२ हजार ५०० रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।
उक्त विवरण अनुसार मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, सवारी साधन व्यवस्थापनमा ५ लाख ८० हजार रुपैयाँ, प्रशिक्षण कार्यक्रममा १ लाख २५ हजार रुपैयाँ, तथा वडा स्तरीय प्रचारप्रसारमा ७ लाख ३५ हजार रुपैयाँ खर्च गरिएको छ।
त्यसैगरी नमुना मतपत्र छपाइमा ८० हजार रुपैयाँ, सम्पर्क कार्यालयमा चिया–बिस्कुट खर्चमा १ लाख ८० हजार रुपैयाँ, प्रचार सामग्रीमा २ लाख ३६ हजार रुपैयाँ, र स्थानीय छपाइमा ९६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम–२ बाट पराजित भएका थिए। उनले ४ हजार ५६२ मत प्राप्त गरेका थिए।
यस क्षेत्रमा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञ बहादुर बोगटी ले ९ हजार ५१८ मत प्राप्त गर्दै विजयी भएका थिए।

प्रकाशित २०८२/१२/०१ आईतबार ९:४९ बिहान


