श्रम संस्कृति पार्टीले हालसम्म समानुपातिक सांसदको विषयमा कुनै पनि निर्णय नगरेको जनाएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको विभिन्न नाम र सूचनाहरू सत्य नभएको स्पष्ट पारेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो अझै नलगाएको बताएका हुन्। उनले विभिन्न मिडियामा आएका खबरहरू आधिकारिक नभएको उल्लेख गर्दै पार्टीको आधिकारिक जानकारी आफ्नै आधिकारिक पेजबाट मात्रै आउने बताए।
उनले भने, “श्रम संस्कृति पार्टीले हालसम्म समानुपातिकको कुनै पनि टुंगो लगाएको छैन। सञ्चार माध्यममा आएका कुनै पनि कुरामा सत्यता छैन। मेरो पेजबाट आउने जानकारी मात्रै आधिकारिक हुनेछ।”
यस विषयमा पार्टीले औपचारिक निर्णय भएपछि मात्र सार्वजनिक गरिने जनाइएको छ।
प्रकाशित २०८२/१२/०१ आईतबार १०;२७ बिहान


