धादिङ — धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोध नारायण श्रेष्ठले आफ्नो चुनावी अभियानमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार श्रेष्ठले चुनावी अभियानमा कुल २६ लाख ३० हजार ३८३ रुपैयाँ खर्च गरेका छन्। विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च खुलाइएको छ।
खर्च विवरण अनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार र नामावली प्रिन्टमा ७३ हजार २०० रुपैयाँ खर्च गरिएको छ। त्यसैगरी, खाना, खाजा, पानी तथा बास व्यवस्थापनमा ४ लाख ३१ हजार १९७ रुपैयाँ खर्च भएको उल्लेख छ।
प्रचारप्रसार तथा विज्ञापनमा ४ लाख ५५ हजार ९०९, छपाइ तथा स्टेशनरीमा २ लाख ७ हजार ७७५, पालिका तथा वडा कार्यालय व्यवस्थापनमा ४ लाख ७० हजार रुपैयाँ खर्च गरिएको छ। साथै, सञ्चार तथा सामाजिक सञ्जालमा २ लाख ५५ हजार १२२ र इन्धन तथा सवारी भाडामा ७ लाख २४ हजार १८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
उक्त निर्वाचन क्षेत्रमा श्रेष्ठ अत्यधिक मतसहित विजयी भएका थिए।

प्रकाशित २०८२/१२/०४ बुधबार ५:५० बेलुका


