धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धादिङ क्षेत्र नं. २ का उम्मेदवार रामबहादुर भण्डारीले निर्वाचन अवधिमा भएको खर्च विवरण निर्वाचन कार्यालय धादिङमा बुझाएका छन्।
उहाँले बुझाएको विवरण अनुसार कुल ८ लाख ५६ हजार ३५० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। खर्च विवरणमा मनोनयन दर्ता शुल्क १० हजार, सवारी साधनमा २ लाख ४० हजार, वडा स्तरीय प्रचारप्रसारमा २ लाख ५५ हजार, नमुना मतपत्र छपाइमा ५१ हजार ५००, प्रचार सामग्री (झण्डासहित) मा १ लाख १३ हजार २००, खाना तथा खाजामा ७५ हजार १५०, कार्यालय स्टेशनरीमा १७ हजार ३०० र सवारी इन्धनमा ९४ हजार २०० रुपैयाँ खर्च भएको जनाइएको छ।
उक्त निर्वाचन क्षेत्रमा भण्डारी पराजित भएका थिए।

प्रकाशित २०८२/१२/०४ बुधबार ७:४७ बेलुका


