धादिङ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि धादिङ जिल्ला बाट बिधार्थीहरुको उल्लेखनीय सहभागी रहेको छ। जिल्लाभरबाट कुल ५ हजार ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार सहभागीमध्ये नियमिततर्फ ४ हजार २ सय ४६ जना र पूरकतर्फ ८ सय जना विद्यार्थी रहेका छन्। यस बर्ष जिल्लाका १३ वटै स्थानीय तह अन्तर्गत रहेका सामुदायिक तथा निजी गरी १७० वटा सहभागी भएका विद्यालयका विद्यार्थीहरूलाई २४ वटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने तय भएको छ। तोकिएको समय अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ।
गत वर्ष धादिङ जिल्लाबाट ५ हजार ४ सय ७५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये ९ जनाले उत्कृष्ट नतिजा हासिल गर्दै ४.० GPA ल्याउन सफल भएका थिए।
एसईईलाई विद्यार्थी जीवनको एक महत्वपूर्ण मोडका रूपमा लिने गरिन्छ। यो केवल एउटा परीक्षा मात्र नभई भविष्यका सम्भावनाहरूको ढोका खोल्ने आधार पनि हो। विद्यार्थीहरूले वर्षौंको मेहनत, सपना र आकांक्षा यसै परीक्षामार्फत अभिव्यक्त गर्ने अवसर पाउँछन्।
जिल्ला शिक्षा सरोकारवालाहरूले परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा गरिएको जनाएका छन्। साथै, विद्यार्थीहरूलाई ढुक्क भएर आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरिएको छ।
एसईई २०८२ ले धादिङका हजारौं विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस्तो छ परिक्षा केन्द्रहरु को विवरण







प्रकाशित २०८२/१२/०६ शुक्रबार ६;३७ बिहान


