काठमाडौं । पूर्व पत्रकार तथा नव निर्वाचित सांसद राजिब खत्रीले आफूले बोकेको ब्यागको मूल्यलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले खत्रीले बोकेको ब्याग अन्तर्राष्ट्रिय बजारमा १ हजार ८ सय ३० अमेरिकी डलर (करिब २ लाख ७१ हजार ९२२ रुपैयाँ) पर्ने दाबी गर्दै आलोचना गरेपछि उनले उक्त विषयमा प्रतिक्रिया जनाएका हुन्।
खत्रीले आफ्नो ब्यागको तस्बिर सार्वजनिक गर्दै व्यंग्यात्मक शैलीमा लेखेका छन्, “यो मैले बोकेको ब्याग अन्तर्राष्ट्रिय बजारमा १ हजार ८ सय ३० USD पर्छ रे। लौन, म २८ हजारमै दिन्छु, कसैले लिन्छ भने।”
उनले थप स्पष्ट पार्दै उक्त ब्याग आफूले सन् २०२० मा जम्मा २८ सय रुपैयाँमा किनेको बताएका छन्।
उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले उनको स्पष्टिकरणलाई समर्थन गरेका छन् भने केहीले व्यंग्यात्मक टिप्पणीलाई लिएर पुनः बहस गरिरहेका छन्।
Rajib Khatri Facebook Post
प्रकाशित २०८२/१२/०६ शुक्रबार ६:५८ बिहान


