काठमाडौं — सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूले संविधानको धारा ७६ (१) बमोजिम बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने र दुई तिहाइ मत पाउने राजनैतिक दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संविधानिक प्रावधान अनुसार राष्ट्रपति पौडेलले आज बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको हो।
नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आजै दिउँसो १२:३४ बजे शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भइसकेको छ। शपथ ग्रहण समारोहमा शंखनाद, स्वस्तिशान्ति वाचन र अष्टमंगल पाठको कार्यक्रम समावेश रहने छ।

प्रकाशित २०८२/१२/१३ शुक्रबार १०:५६ बिहान


