काठमाडौं । सरकारले शनिबार बिहान ६ बजेदेखि थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने निर्णय गरेको सन्दर्भमा नेपालि कांग्रेस का नेता चन्द्र भण्डारी ले वास्तविक सुकुम्बासीसँग संवाद गरेर व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सुकुम्बासीको नाममा जोखिमपूर्ण र प्रदूषित नदी किनारमा बसोबास गराउनु सुरुदेखि नै ठूलो गल्ती भएको बताएका छन्। उनले त्यसको मूल्य निर्दोष नागरिक, विशेषगरी बालबालिकाले चुकाइरहेको उल्लेख गरेका छन्।
भण्डारीले विगतका त्रुटिहरू स्वीकार गर्दै पीडितप्रति संवेदनशील बन्नुपर्ने र समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
उनले “मानवता माथि राजनीति होइन, अब जिम्मेवारी लिनुहोस्” भन्दै सरकारलाई बलपूर्वक हटाउने भन्दा संवाद, पुनर्वास र उचित व्यवस्थापनमार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

प्रकाशित २०८३/०१/११ शुक्रबार ९:५५ राति


