प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक समेत रहेका तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
उनका ९७ वर्षीय बुबा भोज प्रसाद भट्टराईको आज निधन भएको हो । भोजप्रसाद भट्टराईको काठमाडौँ स्थित न्युरो अस्पताल , बाँसबारीमा उपचारका क्रममा निधन भएको बताइएको छ ।
प्रकाशित २०८२/१०/२२ १०:५०


