राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संकल्प पत्र सार्वजनिक गरेको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् । पार्टीले २४ पृष्ठ लामो संकल्प पत्र सार्वजनिक गरेको हो।
संकल्प पत्रमा मुलुकको समग्र विकास र समृद्धिलाई केन्द्रमा राख्दै विभिन्न एजेन्डा समेटिएका छन्। राप्रपाले ‘नेपाल समृद्धिको आधार’ भन्दै ६ प्रमुख स्तम्भ अघि सारेको छ।
त्यसैगरी, पार्टीले नेपाल बन्द कहिल्यै नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। राप्रपाले नेपाल बन्द सधैंका लागि बन्द गरिने भन्दै त्यसविरुद्ध कडा प्रतिबन्धको धारणा सार्वजनिक गरेको हो।
पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोला
प्रकाशित २०८२/११/०२ ४:०० दिउँसो


