धादिङ,०२ फागुन २०८२
यहिँ फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग नेपालको आधिकारिक वेबसाइट अनुसार धादिङ क्षेत्र नम्बर २ अन्तर्गत नेत्रावती डब्जोङ्ग गाउँपालिका वडा नम्बर १ मा रहेको निमार्चोक आधारभूत विद्यालय, कोर्थोक मतदान स्थलमा कुल २ हजार ४१४ जना मतदाता सूचीकृत छन्।
धादिङ जिल्लाको उत्तर क्षेत्र अन्तर्गत पर्ने नेत्रावती डब्जोङ्ग गाउँपालिका वडा नम्बर १, धादिङ क्षेत्र नम्बर २ भित्र रहेका कुल ७३ मतदान स्थल र १५७ मतदान केन्द्रमध्ये यो मतदान स्थल पनि एक हो।
स्थानीयवासीहरूको भनाइ अनुसार कुल मतदातामध्ये ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका कारण विदेशमा रहेका छन्। यस कारणले तोकिएको दिन मतदानमा सहभागी हुने मतदाताको संख्या अपेक्षाकृत कम हुन सक्ने अनुमान गरिएको छ।
निर्वाचन आयोगले तोकेको समय अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ। उक्त समयावधिमा विदेशमा रहेका मतदाता बाहेक सत् प्रतिशत मत खस्ने अनुमान स्थानीय स्तरमा गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बन्धित निकायले आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ।
प्रकाशित २०८२/११/०२ ४:४६ दिउँसो


