प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पार्टीले ३६ पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
प्रतिबद्धता पत्रमार्फत पार्टीले देशको समग्र राजनीतिक, सामाजिक तथा आर्थिक विकासका लागि विभिन्न कार्ययोजनाहरू अघि सारेको छ। विशेषगरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय तथा प्रभावकारी सार्वजनिक यातायात प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
पार्टीका नेताहरूले प्रतिबद्धता पत्र जनताको आवश्यकता र देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै तयार गरिएको बताएका छन्। आगामी निर्वाचनमार्फत जनताको विश्वास प्राप्त गरी ती प्रतिबद्धताहरू व्यवहारमा उतार्ने लक्ष्य पार्टीले लिएको छ।
प्रतिबद्धता पत्रको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस्।
प्रकाशित २०८२/११/०३ ३:५३ दिउँसो


