काठमाडौँ ,फागुन
उज्यालो नेपाल पार्टी ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष कुलमान घिसीङ्ग ज्यूले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष घिसीङ्गले मुलुकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यसहित विभिन्न दीर्घकालीन एजेन्डाहरू अघि सारिएको बताउनुभयो। प्रतिबद्धता पत्रमा विशेष गरी कुल गार्हस्थ्य उत्पादन (GDP) वृद्धि, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना, जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धिका योजना समेटिएका छन्। साथै विदेशी पर्यटनलाई आकर्षक र प्रतिस्पर्धी बनाउने विषयलाई पनि प्राथमिकताका साथ उठान गरिएको छ।
पार्टीले सुशासनलाई केन्द्रमा राख्दै संविधान संशोधन आवश्यक ठानिएका बुँदाहरूमा सहकार्यको स्वरूप अपनाइने जनाएको छ। भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत प्रतिबद्धता पत्रमा समावेश गरिएको छ।
उज्यालो नेपाल पार्टीले प्रस्तुत गरेको प्रतिबद्धता पत्रले आर्थिक विकास, ऊर्जा, रोजगारी र सुशासनमार्फत समृद्ध नेपालको आधार तयार गर्ने लक्ष्य लिएको पार्टीको दाबी छ।
पूर्ण पाठ हेर्न तल क्लिक गर्नु होला।
प्रकाशित २०८२/११/०३ ५:२९ बेलुका


