भक्तपुर, फागुन ५
मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। प्रहरीले उनलाई हिजो भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गर्न निर्वाचन आयोग ले पत्राचार गरेपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो। आयोगको पत्रपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ।
प्रसाईं यस अघि पनि केही दिन अघि पक्राउ परेका थिए र पछि रिहा भएका थिए। पछिल्लो पक्राउलाई लिएर उनका समर्थकहरूले विभिन्न प्रतिक्रिया जनाएका छन् भने सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
प्रकाशित २०८२/११/०५ बिहान ७:१४


