काठमाडौँ ,फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङद्वारा धादिङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बोध नारायण श्रेष्ठ सँग विशेष संवाद कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रम सम्बन्धी जानकारी उम्मेदवार श्रेष्ठले आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। फेसबुकमा उपलब्ध सूचना अनुसार विशेष संवाद कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिन सम्पूर्ण महानुभावहरूमा आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।
विशेष संवाद कार्यक्रम मिति २०८२ साल फागुन ९ गते, शनिबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँको बिजी ब्याङ्क्वेट मा आयोजना हुने जनाइएको छ।
प्रकाशित २०८२/११/०८ दिउँसो ३:०४


