नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तारा चुनाव चिह्न अंकित झण्डा च्यातेर जुत्ता पुछिएको घटनाप्रति संलग्न युवतीले सार्वजनिक रूपमा माफी मागेकी छन्।
सुबु धितालले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उक्त कार्यबाट झण्डाको अपमान भएको स्वीकार गर्दै क्षमायाचना गरेकी हुन्। भिडियो सन्देशमा उनले विवाह कार्यक्रममा सहभागी भएको बेला साथीहरूको लहैलहैमा परेर तारा अंकित झण्डाको अपमान हुने गरी भिडियो बनाइएको र साथीको सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएकोप्रति दुःख व्यक्त गरेकी छन्।
उनले आफूहरू कुनै राजनीतिक चेत नबोकेको ‘जेन–जी’ पुस्ता भएको उल्लेख गर्दै सबै राजनीतिक दल र राष्ट्रिय–राजनीतिक प्रतीकको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। साथै, भविष्यमा यस्ता कार्य कसैले पनि नगर्न आग्रह गर्दै आफूबाट भएको गल्तीप्रति पुनः क्षमायाचना गरेकी छन्।

प्रकाशित २०८२/११/०९ सनिबार ५:३९ बेलुका


