काठमाडौँ ,फागुन
आज मिति २०८२।११।१० गते पुतलीसडक–रणोद्विप सडकखण्ड अन्तर्गत बागबजारस्थित टुकुचा खोला माथिको पुल निर्माण कार्य भइरहेको कारण उक्त सडकखण्ड केही समयका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
यात्रु तथा सवारी साधन प्रयोगकर्ताको सुविधालाई ध्यानमा राख्दै सो मार्गमा सञ्चालन हुने सम्पूर्ण ट्याक्सी तथा अन्य सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित २०८२/११/१० आईतबार ९:५३ बिहान


