केपी शर्मा ओलीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र धाँधलीरहित बनाउन देशभरका सबै निर्वाचन बुथमा पार्टी को तर्फबाट ३०–३० जना नेसनल भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले नेसनल भोलेन्टियर फोर्सहरूको भूमिका केवल पानी बाँड्नेमा सीमित नहुने स्पष्ट गर्दै उनीहरू शान्ति कायम राख्ने, बोलीचाली नरम राख्ने र तर्कसंगत तथा जिम्मेवार व्यवहार प्रदर्शन गर्ने जिम्मेवारीमा रहने बताए।
उनले निर्वाचनको वातावरण बिगार्ने कुनै पनि प्रयास नेकपा एमाएलाई सह्य नहुने चेतावनी दिँदै, त्यस्ता गतिविधिमा संलग्नलाई कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारे। अध्यक्ष ओलीले “बुथ कब्जा गर्ने कुरा कसैले कल्पना समेत नगरे हुन्छ, यो कसैलाई छुट छैन र गर्न सक्ने अवस्था पनि छैन,” भन्दै कडा सन्देश दिए।
अध्यक्ष ओलीले निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाउन पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै मतदाताले कुनै डर, दबाब वा प्रभाव बिना स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्नेमा जोड दिएका छन्।

प्रकाशित २०८२/११/११ सोमबार ६:०९ बेलुका


