काठमाडौँ ,उपत्यका
हिजो सोमबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा ट्याक्सी न्यूजले भौतिक रूपमा उपस्थित भई गरिएको स्थलगत रिपोर्टिङ अनुसार उपत्यकाभित्र अझै पनि ५ प्रतिशत ट्याक्सी चालकले अनलाइन एप्लिकेशन नचलाउने गरेको पाइएको छ। त्यसैगरी, अर्को ५ प्रतिशत चालकले मोबाइलमा एप्लिकेशन डाउनलोड गरे पनि प्रयोगमा नल्याएको भेटिएको जानकारी प्राप्त भएको छ।
तर, अधिकांश अर्थात् ९० प्रतिशत ट्याक्सी चालकहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट मात्रै टिप (Trip) गरिरहेको तथ्य प्रारम्भिक रूपमा देखिएको हो ।
यो तथ्याङ्क हाम्रो प्रारम्भिक खोजका आधारमा तयार गरिएको ट्याक्सी न्यूज ले जानकारी दिएको छ । यस विषयलाई अझै गहिराइमा अध्ययन तथा थप रिपोर्टिङ गरिँदै जाने र आगामी दिनमा विस्तृत विवरण सार्वजनिक गरिने बताईएको छ ।

प्रकाशित २०८२/११/१२ मंगलबार ८:२९ बिहान


