काठमाडौं ,फागुन
काठमाडौं उपत्यकाभित्र पछिल्लो समय ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। अधिकांस ट्राफिक प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइएपछि उपत्यकाका विभिन्न चोक तथा मुख्य सडकमा ट्राफिक व्यवस्थापनको जिम्मा ट्राफिक ब्यबस्थापन सम्बन्धि अनुभव नभएका निर्वाचन प्रहरीलाई दिइएको देखिन्छ।
निर्वाचन सम्पन्न गर्न खटाइएका प्रहरीलाई ‘निर्वाचन प्रहरी’ नाम दिई ट्राफिक व्यवस्थापनको जिम्मेवारी समेत दिइँदा समस्या थप जटिल बनेको सवारी चालकहरू बताउँछन्। ट्राफिक व्यवस्थापन सम्बन्धी आवश्यक ज्ञान र अनुभव नहुँदा सवारी आवागमन अव्यवस्थित भएको उनीहरूको गुनासो छ।
सवारी चालक जमिम शाहका अनुसार, “पहिले ट्राफिक प्रहरी रहने स्थानमा अहिले दुईदेखि तीन जना निर्वाचन प्रहरी खटिएका छन्, तर उनीहरूले ट्राफिक व्यवस्थापन गर्न सकिरहेका छैनन्। चालकहरूले पनि निर्वाचन प्रहरीको निर्देशन त्यति पालन गरेका छैनन्।”
उनका अनुसार ट्राफिक प्रहरीको अभावका कारण जाम बढ्नुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ। “बरु निर्वाचन प्रहरीलाई निर्वाचनकै काममा खटाएर ट्राफिक व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीलाई नै दिइएको भए अवस्था यति अस्तव्यस्त हुने थिएन,” उनले भने।
प्रकाशित :- २०८२/११/१४ बिहिवार १०:४३ बिहान


