आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि मतदान प्रक्रिया सम्पन्न नहुन्जेलसम्म सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ।
निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा सुरक्षित रूपमा सम्पन्न गराउन सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो। आयोगका अनुसार अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनहरू भने यस प्रतिबन्धबाट मुक्त रहनेछन्।
निर्वाचन आचारसंहिता कार्यान्वयन तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त निर्णय गरिएको आयोगले जनाएको छ। आम नागरिकलाई निर्वाचन अवधिभर नियमको पालना गर्न र आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।
यो पनि पढ्नुस्
https://www.facebook.com/share/p/1bpW3dhGF4
प्रकाशित :- २०८२/११/१४ बिहिवार ११:१५ बिहान


