धादिङ, फागुन २२ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ। अहिलेसम्मको परिणाम अनुसार, नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला ले ३,१३८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका राम बहादुर भण्डारी २,९८२ मतसहित दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बोधनारायण श्रेष्ठ १,५५४ मतसहित तेस्रो स्थानमा रहेका छन् भने एमालेका धन नारायण घले १,०३८ मत पाएका छन्।
प्रकाशित २०८२/११/२२ शुक्रबार ९:११ बेलुका


