धादिङ क्षेत्र नम्बर २ मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बोध नारायण श्रेष्ठले अग्रता कायम गरेका छन्।
हालसम्म गणना भएको मतअनुसार श्रेष्ठले ८ हजार ५९७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश धमलाले ७ हजार २८२ मत ल्याएका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार राम बहादुर भण्डारीले ५ हजार २६० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का धन नारायण घलेले ५ हजार १४५ मत ल्याएका छन्।
मतगणना कार्य जारी रहेको छ ।
प्रकाशित २०८२/११/२३ सनिबार ७:०० बिहान


