काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय जित हासिल गरेको छ। हालसम्मको मतपरिणाम अनुसार रास्वपाले १८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ९९ क्षेत्रमा अग्रता कायम राखेको छ।
त्यस्तै, नेपाली काँग्रेस ले हालसम्म ४ स्थानमा जित हासिल गरेको छ भने ११ क्षेत्रमा अग्रता बनाएको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १ क्षेत्रमा विजय प्राप्त गरेको छ भने ११ क्षेत्रमा अग्रता कायम राखेको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ले पनि १ क्षेत्रमा जित हासिल गर्दै ११ क्षेत्रमा अग्रता बनाएको छ।
देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने छ ।
प्रकाशित २०८२/११/२३ सनिबार ७:१५ बिहान


