चितवन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट रवि लामिछाने भारी मतान्तर सहित विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
यससँगै उनले अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्राप्त गरेको आफ्नो मत रेकर्ड समेत तोडेका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा लामिछानेले सोही क्षेत्रबाट ४९ हजार २६१ मत प्राप्त गरेका थिए।
यस पटकको निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेखनीय मतान्तरले पछि पार्दै पुनः चितवन–२ मा आफ्नो बलियो जनसमर्थन कायम रहेको प्रमाणित गरेका छन्।

प्रकाशित २०८२/११/२३ सनिबार ७:३९ बिहान


