झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन्।
बिहान ७:१५ बजे सम्मको मतगणना अनुसार घण्टी चिन्हका उम्मेदवार बालेन शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनलाई पछ्याउँदै सूर्य चिन्हका उम्मेदवार केपी शर्मा ओलीले ९ हजार ७८ मत प्राप्त गरेका छन्।
यस्तै माटो चिन्हका समिर तामाङले ५ हजार ६४५ मत प्राप्त गरेका छन् भने रुख चिन्हकी मन्धरा चिमरियाले ९७४ मत र तारा चिन्हका रन्जित तामाङले ८६२ मत प्राप्त गरेका छन्।

प्रकाशित २०८२/११/२३ सनिबार ७:४९ बिहान


