भक्तपुर ,फागुन
भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार महेश बस्नेतले हार स्वीकार गरेका छन्। फेसबुक मार्फत उनले लेखेका छन्, “यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु। विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
बस्नेतले आफ्नो पक्षमा मतदान गरी समर्थन जनाउने मतदाताहरू, चुनावी अभियानमा खटिएका पार्टीका साथीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भने, “राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो, तर जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै हार्दैन। अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ। जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं।”
उनले थपे, “जनताको विश्वास, माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहनेछ।”

प्रकाशित २०८२/११/२३ सनिबार ८:१३ बिहान


