म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार डा. महाबीर पुन विजयी भएका छन्। विजयी घोषणा पछि सामाजिक सञ्जालमा उनी लेख्छन् कि बेनीमा कुनै पनि बिजय जुलुस निकाल्न पैसा र समय खर्च नगर्नुहोस्। उनका अनुसार, जुलुस निकाल्दा चुनावमा हारिएका प्रतिस्पर्धीहरू अप्ठ्यारोमा पर्न सक्छन्।
डा. पुनले आगामी दिनहरूमा विपक्षीसँग सहकार्य गर्दै म्याग्दीको विकासमा केन्द्रित काम गर्नुपर्ने जोड दिएका छन्। उनले नारा, जुलुस, भोजभतेर जस्ता आडम्बरी गतिविधिहरूमा विश्वास नगर्ने पनि स्पष्ट पार्नुभयो। विजयी खुशी आफ्नै गाउँघरमा मात्रै मनाउन जनता संग आग्रह गरेका छन्।
प्रकाशित २०८२/११/२३ सनिबार ९:२० बिहान


